गण्डकी

मनाङबाट सांसद जितेका गुरुङ : विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन, तत्काल संसद्‌ छिर्न नपाउने

इकागज |
मंसिर ६, २०७९ मंगलबार १:१९ बजे

काठमाडौँ- मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय २८ मतान्तरले पराजित गरेका हुन् । 

टेकबहादुरले २ हजार ५ सय ७५ मत ल्याउँदा पोल्देन छोपाङले २ हजार २ सय ४७ मत ल्याएका छन् । 


तर गुरुङ तत्काल संसद्‌ प्रवेश गर्न पाउने छैनन् । गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ । भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको गुरुङमाथि आरोप छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गुरुङलाई विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

निर्वाचनसम्बन्धी ऐनले भ्रष्ट्राचार मुद्दामा दोषी नठहरिएका व्यक्तिलाई उम्मेदवार बन्न अयोग्य ठहर नहुने उल्लेख छ । तर भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३३ मा कुनै व्यक्तिउपर भ्रष्टाचार मुद्दा दायर भएकामा मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ ।

गुरुङको मुद्दा छिनोफानो भएपछि सांसदको हैसियतमा काम गर्न पाउँछन् ।


Author

थप समाचार
x