गण्डकी

गण्डकीकाे मुख्यमन्त्रीमा खगराज अधिकारीकाे दाबी पेश, आजै शपथ

इकागज |
पुस २५, २०७९ सोमबार १५:१७ बजे

पाेखरा- नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका लागि  दाबी पेश गरेका छन् ।

सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष अधिकारीले एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरेका हुन् । उनकाे शपथ साेमबार नै साढे ४ बजे गर्ने तयारी भएकाे बताइएकाे छ ।


प्रदेश प्रमुख गुरुङले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र दाबी पेश गर्न समय दिएका थिए ।

गण्डकी प्रदेशमा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ जना सांसद छन् । भने, स्वतन्त्र १ सांसद राजीव गुरुङले पनि अधिकारीलाई समर्थन गरेका छन् ।


Author

थप समाचार
x