गण्डकी

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

इकागज |
पुस २५, २०७९ सोमबार १५:३० बजे

पोखरा- एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको दाबी पेश गरेका थिए ।


अधिकारीले आजै मुख्यमन्त्री पदकाे शपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x