गण्डकी

गण्‍डकी सरकारका मन्त्रीको चेतावनी: याद गर ! बाटो बिराउँदा के हुन्छ ?

इकागज |
असोज २५, २०७८ सोमबार १४:१४ बजे

पोखरा - गण्डकी प्रदेश सरकारका ऊर्जा मन्त्री हरिशरण आचार्यले कृष्णचन्द्र नेपाली पोखरेल सरकारलाई चेतावनी दिएका छन् । सरकारले कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्री बनाउने कुरा सार्वजनिक भएपछि उनले बाटो बिराउँदा के हुन्छ स्मरण गर्न भन्दै चेतावनी दिएका हुन् ।

जनता समाजवादी पार्टीका सांसदसमेत रहेका आचार्यले कांग्रेसले जनता समाजवादीसँगको सहमति तोडेको पनि बताएका छन् । `कांग्रेस एकपछि अर्को सहमति तोड्दै बेइमान बन्दै स्वेच्‍छाचारी हुँदै गएको छ,´उनले लेखेका छन् ।


 


Author

थप समाचार
x