गण्डकी

यी हुन् गण्डकीबाट ओली समूहको केन्द्रीय सदस्य बनेका १०९जना (सूचीसहित)

अनिष भट्टराई |
पुस ९, २०७७ बिहीबार १५:३९ बजे

पोखरा : कास्की मालेपाटनका दिलिपविक्रम शाही ठकुरी पूर्वमाओवादी नेता हुन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुनु अगाडि उनी माओवादीका प्रदेश कमिटी सदस्य थिए । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा बाडिँदा उनी आफ्ना पूर्वसहयोद्धा पुष्पकमल दाहाललाई छोडेर केपी ओली समूहमा आएका छन् ।

प्रधानमन्त्री ओलीले ७ पुसमा विस्तार गरेको केन्द्रीय सदस्यमा कास्कीका २६ मध्ये उनको समेत नाम छ । उनने आफू ओलीपक्षमा आएको पुष्टि गरेका छन् । उनलाई यसबारे फोनमा बुझ्न खोज्दा भने, ‘म ओलीज्युको समूहमा आएको हुँ, अहिले बालुवाटार बैठकमा छु ।’


लमजुङ बेसीसहरका गुमानसिंह अर्याल स्थानीय चुनावका बेला भागभण्डा गर्ने क्रममा माधव पक्षबाट नगर प्रमुखमा उठे । उनले माधव समूहमै रहेर चुनाव जिते । तर अहिले उनीसमेत माधव नेपालको साथ छोड्दै ओलीपक्षमा आएका छन् । 

गण्डकी प्रदेशमा शाही र अर्याल जस्तै आफूइतर पक्षका नेतालाई समेट्दै प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्य थप गरेका छन् । ओलीले गण्डकीका १ सय ९ जना नेतालाई केन्द्रीय सदस्य बनाएका छन् । ओली समूहका केन्द्रीय सदस्य तथा भूमि आयोगका प्रवक्ता भीम कार्कीका अनुसार सबैभन्दा बढी सदस्य कास्कीबाट थपिएका छन् । कास्कीबाट २६ सदस्य थपिएका छन् । 

गण्डकीमा थपिएका को को हुन् ? 
कास्कीः
कृष्ण थापा, मिना गुरुङ, पुण्य पौडेल, वेद बहादुर गुरुङ, विद्या भट्टराई, दिलिपविक्रम शाही, युवराज पौडेल, तेजनारायण अधिकारी, अर्जुन सुनाम, मिना कुमारी गुरुङ, दल बहादुर गुरुङ, लोचना अधिकारी, प्रेम न्यौपाने, राजीव पहारी, रश्मी आचार्य, दामोदर वैरागी, पुष्पा केसी भण्डारी, प्रभा कोइराला, बालकृष्ण काउचा मगर, माधव बाँस्तोला, मनमाया खत्री, मित्र कुमारी गुरुङ, केश बहादुर केसी, क्याप्टेन लामकाजी गुरुङ, मन बहादुर गुरुङ ।
मुस्ताङ
चन्द्रमोहन गौचन, कृष्ण गौचन, टासी साङ्मो गुरुङ, प्रेम तुलाचन, छिरिङ ल्हामो गुरुङ, शर्मिला गुरुङ ।
मनाङ
पोल्देन छोतेन गुरुङ, ट्रिपल पी गुरुङ, शान्तमाया परियार ।
लमजुङ
धनञ्जय दवाडी, भीष्म अधिकारी, लक्ष्मी अधिकारी, प्रेम घले, टुका हमाल, जमिन्द्रमान घले, गुमानसिंह अर्याल, गोवद्र्धन गौली, महेन्द्रलाल श्रेष्ठ, दीपा गुरुङ, फूलबहादुर थापा, बमबहादुर थापा ।
तनहुँ
टुकराज सिग्देल, केदार सिग्देल, श्रीप्रसाद श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, भगवती न्यौपाने, सविता रसाइली, रामचन्द्र पाध्या, शेषमणि आचार्य, दधिराज सुवेदी ।
गोरखा
प्रेम गुरुङ, कृष्ण नेपाली, बाबुराम थापा, सम्झना देवकोटा, कमल दानी, यादव बस्नेत, सुरेन्द्र थापा ।
स्याङ्जा
सूर्यप्रसाद गैह्रे पारस, चक्र पराजुली, सीमा क्षेत्री, खिम बहादुर थापा, नारायण मरासिनी, देवी थापामगर, तारा शर्मा, मीनप्रसाद गुरुङ, मोहन रेग्मी, पुण्य भुसाल, मुक्ति पाठक, सुधीर पौडेल, देवी थापा क्षेत्री, ताज मोहम्मत मिया, ईश्वर विक्रम मल्ल ।
पर्वत
विकास लम्साल, पदम गिरी, मनोहर विश्वकर्मा, प्रेम लामिछाने, मेघनाथ सुवेदी, कल्पना चापागाईं, रामु गिरी, यज्ञ सुवेदी ।
बागलुङ
जनक पौडेल, श्रीप्रसाद शर्मा, टेकबहादुर केसी, ममता शर्मा, गीता शर्मा, नरबहादुर थापा, भीमप्रसाद शेरचन, डा. सूर्य पाठक, हीरा बहादुर केसी, मोहनलाल शर्मा ।
म्याग्दी
नरदेवी पुन, नवराज शर्मा, हरिकृष्ण श्रेष्ठ, सन्तोष रावल ।
नवलपुर
रोशन गाहामगर, चन्द्रमणि खराल, जीवन श्रेष्ठ, दीपक अधिकारी, जनकलाल श्रेष्ठ, चन्द्रा पुन, पद्मा जिसी श्रेष्ठ, कृष्ण घिमिरे, घनश्याम कोइराला ।
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x