गण्डकी

कास्की कांग्रेसको सभापतिमा कसैको बहुमत पुगेन : पाँचमध्ये तीन जना ‘बाहिरिए’, आज फेरि मतदान

इकागज |
मंसिर ११, २०७८ शनिबार ७:२० बजे

पोखरा- नेपाली कांग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएको छ ।  सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्रो पटक मतदान हुने भएको हो ।

सभापतिमा सबैभन्दा बढी किशोरदत्त बरालले ६४४ र दोस्राेमा सुदीपमोहन भट्टराईले ४६९ मत पाए । तेस्रोमा आईबहादुर गुरुङले ४६२, चौथोमा पोषनाथ शर्माले ३३५ र गिरीराज गौतमले ६३ मत पाए।  ४७ मत बदर भएको निर्वाचन अधिकृत रामचन्द्र पौडेल 'विमल' ले जानकारी दिए । विधानतः पहिलो चरणमा कसैले ५० प्रतिशत भन्दा बढी मत नपाए पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ । 


बराल केन्द्रमा शेरबहादुर देउवा निकट हुन् भने भट्टराई यसअघि कृष्ण सिटौलातिर भए पनि अहिले क्याम्प फेरेर गगन थापातिर लागेका छन् । पुराना नेता शुक्रराज शर्मालाई फकाएर देउवाले जिल्ला सभापति आफ्नो पोल्टामा पार्ने अवस्था छ । शर्माले यसअघि आईबहादुर गुरुङलाई समर्थन गरेका थिए ।

शर्माको समर्थन बरालले पाए उनी विजयी हुने सम्भावना छ । गगन थापा र शेखर कोइरालाहरु पनि बराल हराउने अभियानमा छन् । उनीहरुले देवराज चालिसे र यज्ञबहादुर थापाहरुको ‘च्यानल’ प्रयोग गर्ने देखिन्छ । यसअघि चालिसेको समर्थन पोषनाथ शर्मा र थापाको समर्थन गिरीराज गौतमलाई थियो । 


Author

थप समाचार
x