गण्डकी

पोखरा महानगरमा पछि हट्यो कांग्रेस

इकागज |
बैशाख ६, २०७९ मंगलबार १६:४६ बजे

काठमाडौं– सत्ता गठबन्धनको बाँडफाँडमा पोखरा महानगरमा नेपाली कांग्रेसले आफ्नो दाबी छाडेको छ । पोखरा महानगर एकीकृत समाजवादीलाई छाड्न तयार भएको हो । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि कास्कीका नेताहरूलाई काठमाडौं बोलाएका थिए ।

नेताहरूसँको बैठकपछि मात्रै सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेसले आफ्नो दाबी छोड्ने निश्चित गरेको कास्कीका जिल्ला सभापति किशोर दत्त बरालले जानकारी दिए ।  ‘हामीलाई आजै काठमाडौं बोलाइएको थियो,’ उनले भने, ‘छलफल भयो । तर हामीलाई निर्णय सुनाउन मात्रै बोलाइएको रहेछ । कांग्रेसले छाड्ने निश्चित गरिएको रहेछ ।’



Author

थप समाचार
x