लुम्बिनी

लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य गर्न सिफारिस

विक्रम खड्का |
बैशाख १९, २०७८ आइतबार १२:२० बजे

बुटवल  : आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको अधिवेशन बस्‍न नपाउँदै अन्त्यको सिफारिस गरिएको छ । लुम्बिनी प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस पत्र पठाएका हुन् । मन्त्रिपरिषद्काे बैठक बसेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

‘प्रदेश प्रमुखको कार्यालयमा संसद् अन्त्य गर्न पत्र पठाइसकिएको छ’, एक मन्त्रीले भने । मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशनको प्रयोजन पनि सकिएकाले अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको उनकाे भनाइ छ ।


यस विषयमा थप छलफल गर्न लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती अहिले प्रदेश प्रमुख धर्मनाथ यादवकोमा पुगेका छन् । प्रदेश अधिवेशन बस्दै नबसी अन्त्यको सिफारिसका विषयमा सभामुख घर्ती असन्तुष्ट छन् । विपक्षी दलले पनि मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्तावबाट भागेको भन्दै चर्को आलोचना गरेका छन् । उनीहरूले शंकर पोख्रेलले फेरि शपथ लिन नसक्ने बताए । 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x