लुम्बिनी

लुम्बिनी प्रदेश

४२ सांसदकाे हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइयाे (हस्ताक्षर पत्रसहित)

मुख्यमन्त्रीको शपथग्रहण रोक्न विपक्षी दलका नेता प्रदेश प्रमुखको कार्यलयमा

बिक्रम खड्का |
बैशाख १९, २०७८ आइतबार १६:३ बजे

बुटवल : मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेका बेला प्रदेश सभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चा नेपालका सांसदले प्रदेश प्रमुखलाई भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफू पक्षका ४० सांसदको हस्ताक्षर बुझाउका हुन् । 

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेका छन्  । त्यसमा पनि एमालेको एक जना उपसभामुख हुन् । उपसभामुख दलको वैठकमा सहभागि हुन नपाउने भएका कारण उनको हस्ताक्षर समेत प्रदेश प्रमुखकोमा लैजाने कुरा गलत भएको कानुन व्यवसायीले बताउका छन् । सभामुख र उपसभामु दुवैले दल त्याग गरेका कारण उनिहरु दलिय सदस्य नहुने जिकिर उनिहरूको छ । 


नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुदीन खानले मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउने कुनै आधार नरहेको र विपक्षी चार दलसँग पनि मुख्यमन्त्रीसँग भन्दा वढि सांसद रहेको अवस्थामा दलहरुसँगको छलफलबाट मात्र प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसँग माग गरिएको बताए । उनले विपक्षी दलसँग ४० सदस्य रहेको र नेकपा एमालेसंग ३९ जना सदस्य रहेको दावी गरे । अवको सरकार आफुहरुको नेतृत्वमा बन्ने बाटाे खुलेको दावी उनको छ । 


१.कुल प्रसाद केसी
२.कृष्णध्वज खडका
३.दिपेन्द्रकुमार पुन
४.दामा शर्मा
५.तुलाराम घर्ती मगर
६. तिलकराम शर्मा 
७.ईन्द्रजीत थारु
८.तेज बहादुर ओली,
९. सुदर्शन बराल
१०. पार्वती पुन गहतराज 
११.इन्द्रप्रसाद खरेल 
१२. कृष्णा कंसी
१३. दिपेश थारु
१४. दिपा बिक
१५. गिता थापा
१६. लौटी थारु
१७.सुष्मा यादव
१८.बिमलाकुमारी खत्री

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दल

१९. विरेन्द्र कुमार कनौडिया
२०.अर्जुन कुमा
२१. अष्टभुजापाठक
२२. डिल्ली बहादुर चौधरी
२३. निर्मला क्षेत्री
२४. पुष्पा थरुनी
२५. फकरुद्दिन खान
२६. बीरबहादुर राना
२७. भुवनेश्वर थारु
२८. माला गोतामे
२९. मोहमद याकुब अन्सारी
३०. रमा अर्याल
३१. रिनानेपाल विक
३२. रुन्धावती शर्मा 
३३. बसिउद्दिन खाँ
३४. बैजनाथ कलवार
३५. सुरेन्द्र बहादुर हमाल
३६. शंकर गिरी
३७.शान्तिदेवी स्वर्णकार

जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दल
३८.सहसराम यादव
३९. पुर्मती ढेगा मगर 
४०.तारा जिसी
४१.धर्मबहादुर लालश्रीवास्तव
४२. अजय शाही
 

 

 

 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x