लुम्बिनी

दाङमा खेतीयोग्य जमिनको आकार घट्दै

इकागज |
असार २६, २०८० मंगलबार १२:८ बजे

दाङ- खेतीयोग्य जमिन घट्दै गएको पाइएको छ । खेतीयोग्य जग्गा घडेरीका रुपमा विकास गरी बिक्री हुन थालेपछि कम हुँदै गएको  कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले एक वर्षमा ६० हेक्टर खेतीयोग्य जग्गा खुम्चिएको जानकारी दिए । “धान, गहुँ, मकै फल्ने जग्गा घडेरीमा रुपान्तरण हुन थालेका छन्, कतिपय जग्गामा उद्योग स्थापना हुन थालेका छन्”, उनले भने । 


केन्द्रका अनुसार दाङमा ६९ हजार नौ सय ५० हेक्टर जमिन खेतीयोग्यमध्ये ६५ हजार नौ सय ८० हेक्टर जग्गामा मात्रै खेती हुने गरेको छ । साथै ३९ हजार चार सय हेक्टर जमिनमा मात्र धान खेती हुँदै आएको छ । केन्द्रका अनुसार हाल कूल १९ हजार सात सय ९५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । 

सरकारले कृषि क्षेत्रमा प्राथमिकता दिएको बताउने गरे पनि जग्गाको खण्डिकरण रोक्न असफल देखिएको छ । सरकारले जग्गाको खण्डीकरण रोक्न भूपयोग नियमावली जारी गरेको छ । यो नियमावलीले जग्गाको खण्डीकरणलाई रोक्न खोजेको भए पनि प्रधावकारी हुनसकेको छैन ।


Author

थप समाचार
x