लुम्बिनी

बुटवलमा प्रदेश जनस्वास्वाथ्य प्रयोगशाला भवनकाे उद्घाटन

इकागज |
साउन १५, २०८० सोमबार १३:६ बजे

बुटवल । रुपन्देहीको बुटवलमा प्रदेश जनस्वास्वाथ्य प्रयोगशाला भवन निर्माण भएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपैयाँ लगातमा निर्माण भएको भवनको सोमबार प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार संरचनापछि निर्माण भएको आफ्नै भवनको सञ्चालनका लागि आवश्यक संरचना निर्माणका लागि सरकारले सहयोग गर्ने बताएका थिए ।


उनले निर्माण भएका भौतिक संरचना पूर्ण रुपमा सञ्चालन गर्नका लागि अन्य सहायक संरचना, भवन निर्माणको लागि प्रदेश सरकारले जहिले पनि सहयोग गर्ने बताएका थिए । मुख्यमन्त्री चौधरीले कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका देशकै नमुना प्रदेश बनाउनको लागि आफूले पहल गर्र्दै आएको बताउँदै यसको लागि सरकारले जनताको सेवाको लागि कुनै पनि कसर बाँकी नराख्ने बताएका थिए । कार्यक्रममा बोल्दै प्रदेशका स्वाथ्य मन्त्री राजु खनालले प्रदेश संरचना निर्माणपछि पहिलो पटक भवन निर्माण सम्पन्न भएको भन्दै यसलाई पूर्ण क्षमतामा चलाउनको लागि आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । ग्लोवल फण्डको अनुदान र सेभ द चिल्डेन्सको सहयोगमा भवन निर्माण भएको हो । 

ग्लोवल फण्डका सिनियर पोर्टफोलियो म्यानेजर(नेपाल) का मिष्टर ईस्फनले ग्लोवल फाण्डले नेपालका विकासका लागि अहिले काम गरिरहेको बताउँदै निर्माण भएको प्रयोगशालाले समुदायका मानिसहरुले सेवा पाउनुपर्ने बताएका थिए ।

यस्तै सेफ द चिल्डेन्सका नेशनल डाईरेक्टर हेथर क्याम्लन ले सबैको साथ र सहयोगबाट भवन निर्माण भएको र यसको समुचित उपयोग हुनेमा आशावादी भएको बताएकी थिईन्।

कार्यक्रममा पूर्व मन्त्री सुर्दशन बराल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, प्रदेश स्वाथ्य मन्त्रालयका सचिव जर्नादन पन्थी, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरी, पाल्पा स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरी, प्रदेश जनस्वाथ्य प्रयोगशाला प्रमुख रोशनाल चौधरी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

बुटवल, १२ तामनगरमा निर्माण भएको यो प्रयोगशालाको तत्कालीन समाजिक विकास मन्त्री सुर्दशन बरालले २०७८ सालमा शिलन्यासन गरेका थिए । नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्यि जनस्वाथ्य प्रयोगशालाको नेतृत्वमा भवन निर्माण भएको हो ।

जसमा सम्पूर्ण आर्थिक सहयोग एड्स तथा क्षयरोग र मलेरिया विरुद्धको ग्लोबल फण्डको अनुदान र सेभ द चिल्डेन्सको प्राविधिक सहयोगमा भवन निर्माण पुरा भएको हो ।


Author

थप समाचार
x