लुम्बिनी

सडक किनारमा विष्फोटक पदार्थ विष्फोट

इकागज |
भदौ ३१, २०८० आइतबार ११:५६ बजे

बुटवल- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विष्फोटक पदार्थ विष्फोट भएको छ । उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विस्फोटबाट सडकमा क्षति पुगेको छ ।

विष्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ । आज बिहान नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीले विष्फोट भएको स्थानको अवलोकन गरेको थियो । सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विष्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए । विष्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा फेला परेको डीएसपी डाँगीले जानकारी दिए ।



Author

थप समाचार
x