लुम्बिनी

रुपन्देही २ : कांग्रेस क्षेत्रीय सभापति र सहसचिवका लागि देउवा र शेखर समूह चुनावी मैदानमा

इकागज |
असोज २७, २०८० शनिबार १०:४५ बजे

बुटवल- नेपाली कांग्रेस रुपन्देही २ को रिक्त क्षेत्रीय सभापति र सहसचिवका लागि बुटवलमा मतदान सुरु भएको छ । पार्टीभित्र रहेको शेरबहादुर देउवा र शेखर कोइराला समूहबाट चार जना चुनावी मैदानमा छन् । सभापति पदका युवा नेता प्रजापाल गिरी र परशुराम ढकाल तथा सहसचिवमा विष्णुप्रसाद चापागाई र संगिता अर्याल गौतम चुनावी मैदानमा छन् ।

बुटवलको बालमन्दिरमा जारी निर्वाचनमा निर्वाचन परिसरमा दुवै समूहले टेन्ट टाँगेर प्रचार गरिरहेका छन् । स्थानिय चुनावको समयमा पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित हरि लम्सालले पदबाट राजीनामा दिएपछि क्षेत्रिय पद रिक्त रहेको थियो ।


त्यस्तै तत्कालिन सहसचिव राजबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपनि उक्त पद रिक्त थियो । यस बाहेक रुपन्देहीका एउटा गाउँपालिका र ५ वटा वडामा उपनिर्वाचन हुँदैछ । रुपन्देहीको गैडहवा गाउँपालिका सभापतिको लागि पनि नै निर्वाचन हुँदैछ । त्यहाँ योगेन्द्र चौधरीको एकल उम्मेदवारी परेको छ ।


Author

थप समाचार
x