विश्व

'स्पेशवाक' का लागि स्पेशएक्सले ल्यायो 'एक्स्ट्राभेहिकुलर एक्टिभिटी'

इकागज |
बैशाख २४, २०८१ सोमबार १२:३७ बजे

काठमाडौँ- स्पेशएक्सले एक्स्ट्राभेहिकुलर एक्टिभिटी (इभीए) सार्वजनिक गरेको छ ।

आगामी मिसन 'पोलारिस डन' को समयमा 'स्पेशवाक' का लागि स्पेशएक्सले इभीए सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।


एलन मस्कको कम्पनी स्पेशएक्सले मानवसहितको अन्तरिक्ष उडान कार्यक्रमअन्तर्गत अन्तरिक्षमा हिड्नका लागि इभीए ल्याएको हो ।

पृथ्वीमाथि करिब ७ सय किलोमिटरको परिक्रमा गर्ने पाँच दिने मिसनका क्रममा चालक दलले अहिलेको इन्ट्राभेहिक्युलर (आईभीए) सूटलाई बदलेर अपग्रेड गरिएको स्पेससुट प्रयोग गरी पहिलोपटक व्यावसायिक एक्स्ट्राभेइक्युलर गतिविधि (इभिए) गर्ने तालिका रहेको छ ।

यससँगै चार अन्तरिक्ष यात्रीहरू एकैसाथ अन्तरिक्षको खाली ठाउँमा देखिने पहिलो अवसर हुने बताइएको छ ।


Author

थप समाचार
x