लुम्बिनी

पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

इकागज |
जेठ १८, २०७८ मंगलबार ६:४८ बजे

बर्दिया : पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका-५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उहाँलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए ।



Author

थप समाचार
x