लुम्बिनी

लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाको डरलाग्दो तथ्यांक

चार महिनामा ८२३ वटा घरेलु हिंसाका घटना

बिक्रम खड्का |
मंसिर १९, २०७७ शुक्रबार ९:४९ बजे

फाइल तस्वीर

बुटवल : मुलुकमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला लुम्बिनी प्रदेशमा मात्र चालु आर्थिक वर्षको ४ महिनामा ८२३ वटा घरेलु लैङ्गिक हिंसा भएको तथ्याँक सार्वजानिक गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजानिक गरेको घरेलु लैङ्गिक हिंसामा सबैभन्दा बढी बाँकेमा २७२ लैङ्गिक हिंसाको घटना प्रहरीमा दर्ता भएका छन् ।

त्यसैगरी दोस्रोमा रुपन्देहीमा १६१ घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् । त्यसैगरी कपिलवस्तुमा ९१, नवलपरासीमा ८२, दाङमा ५६, बर्दियामा ३८, रोल्पाम ३४, अर्घाखाँचीमा ३२, गुल्मीका २६, पाल्पामा १४, प्यूठानमा १३ र रुकुममा ४ वटा घरेलु लैङ्गिक हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् ।


प्रहरीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको महिनामा सबैभन्दा बढी २५८ वटा घटना भएका छन् भने श्रावणमा २१० वटा घरेलु लैङ्गिक हिंसाका घटना भएका छन् । त्यसैगरी कार्तिकमा १८४ र भाद्रमा १७१ वटा घटना दर्ता भएको लुम्बिनी प्रहरी प्रदेश कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेमा ४ महिनामा ७३६ जना महिला घरेलु लैङ्गिक हिंसाबाट पीडित बन्दा ८७ जना पुरुष पनि हिंसा पीडित भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । प्रदेशमा पीडकहरूमा ६९६ पुरुष पीडकहरू अभियुक्त बनाइएका छन् भने महिला पीडकहरूको संख्या २४९ रहेको छ ।

घरेलु लैंङ्गिक हिंसाका अधिकांस उजुरीहरू मौखिक र ठाडो उजुरी आउने गरेको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षको ४ महिनामा ८२३ ठाडो उजुरी प्रहरी सम्म आए पनि कानुनी रितका साथ घरेलु हिंसाका १ थान मात्र मुद्दा दर्ता हुन पुगेको छ । 

१६ दिने अभियान चलिरहेको बेला प्रदेशमा भएका लैङ्गिक हिंसाका घटना बढेकोप्रति सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् । हिंसाका घटना बढिरहेका बेला जवाफदेही निगरानी समिति लुम्बिनीले सरकारको ध्यानाकर्षण गराएको छ । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x