लुम्बिनी

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित

इकागज |
भदौ २९, २०७८ मंगलबार १९:६ बजे

फाइल फोटो

बुटवल - लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ । प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ । 

अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार दुई पटक स्थगन भइसकेको छ । 



Author

थप समाचार
x