लुम्बिनी

अर्घाखाँचीमा पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित, देउवाका उम्मेद्‌वारलाई सबैभन्दा कम भोट

इकागज |
मंसिर ८, २०७८ बुधबार १०:१७ बजे

अर्घाखाँची- नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले कुल १ हजार ४ सय १८ मतमध्ये ७ सय ३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलले ३ सय ५२ मतमै चित्त बुझाए । अर्का प्रत्यासी यादवप्रसाद घिमिरेले ३ सय ९ मत पाए ।  २७ मत बदर भएको छ ।


पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय घिमिरेले सबैभन्दा कम मत प्राप्त गरेका हुन्  । 

देउवा पक्षका केन्द्रीय सदस्य पुष्पा भुसाल र  मानबहादुर विश्वकर्माले घिमिरेलाई उम्मेद्‌वार बनाएका थिए । श्रेष्ठलाई पौडेल पक्षका डा. रामबहादुर बिसीलगायतका नेताको समर्थन  थियो ।  


Author

थप समाचार
x