लुम्बिनी

कांग्रेस बाँके अधिवेशन : त्रिपक्षीय भिडन्त हुने, संस्थापनकै दुई जना चुनावी मैदानमा

बिक्रम खड्का |
फागुन १६, २०७८ सोमबार ११:१ बजे

बुटवल- नेपाली कांग्रेस बाँकेको सभापति पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । फागुन १९ गते हुन लागेको निर्वाचनका लागि सभापति पदमा सुरेन्द्रबहादुर हमाल, नारायणप्रसाद गौडेल र बादशाह कुर्मीबीच प्रतिस्पर्धा हुने भएको हो ।

उनीहरूमध्ये हमाल र कुर्मी संस्थापन समूहका हुन् भने गौडेल कांग्रेस नेता शेखर कोइराला पक्षका हुन् । सभापतिमा त्रिपक्षीय भिडन्त हुने भएपनि अन्य पदमा भने संस्थापन र कोइराला समूहका उम्मेद्‌वारहरू मात्र मैदानमा उत्रिएका छन् । पटक पटक स्थगित हुँदै आएको बाँकेको अविधेशन यस पटक भने निधारित मितिमै हुने निर्वाचन समितिले बताएको छ । 


लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्रीसमेत रहेका हमाल बाँके क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधी हुन् । उनि संस्थापन समूहका नेता हुन् भने संविधान सभाका सदस्य रहेका नेता कुर्मी क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि चुनिएर सभापतिको प्रतिस्पर्धामा उत्रिएका हुन् ।

यसैगरी कांग्रेस बाँकेका वर्तमान जिल्ला सदस्य तथा पुर्व क्षेत्रीय सभापति रहेका गौडेल क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधी निर्वाचित भएर सभापतिको उम्मेद्‌वार बनेका हुन् । कांग्रेसको विधान अनुसार जिल्ला सभापतिको उम्मेदवार बन्‍नका लागि महाधिवेशन प्रतिनिधी अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ । यसअघि सभापति पदमै वर्तमान उपसभापतिसमेत रहेका नेता सुनिलनरसिंह राणाले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर, उनले उम्मेदवारी मनोनयन फिर्ता लिइसकेका छन् । जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले सभापति पदमा अब तीन जनाबीच प्रतिस्पर्धा हुने बताए ।

बाँकेमा कांग्रेस सभापति को होला भन्‍ने आम चासो रहेको छ ।  तीन जनामध्ये सभापति पदमा कसले बाजी मार्ला भन्‍ने चर्चा अहिले बाँकेमा चर्चा चुलिएको छ । क्षेत्रिय प्रतिनिधि अर्थात मतदाताहरूको विवरण हेर्दा बाँकेमा संस्थापन पक्ष बलियो देखिएको छ ।

यसअघि भएको पालिका र क्षेत्रिय अधिवेशनको नतिजाले पनि त्यसको पुष्टि गरेको छ । ३ निर्वाचन क्षेत्र रहेको बाँकेको क्षेत्र न १ मा संस्थापन इतर समूह बलियो देखिए पनि बाँकी क्षेत्रमा संस्थापन पक्षको बाहुल्यता रहेको छ । त्यस कारण पनि बाँके सभापतिको नतिजा पहिलो चरणमै आउला भन्‍ने अनुमान गर्न सकिँदैन । पहिलो चरणमा ५० प्रतिशत मत कुनै पनि उम्मेद्‌वारको नपुगे बढि मत ल्याउने दुई जना उम्मेद्‌वारबीचमा प्रतिस्पर्दा हुने छ । झण्डै १५ सय मतदाता रहेको छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x