कर्णाली

कार्यकर्ताबीच झडप भएपछि स्थगित मतदान कडा सुरक्षाबीच पुन:सुचारु

इकागज |
मंसिर ४, २०७९ आइतबार १४:३३ बजे

सुर्खेत- सुर्खेतका दुई पालिकाका मतदान केन्द्रमा स्थानीय कार्यकर्ताबीच झडप भएपछि स्थगित मतदान अहिले पुन:सुचारु गरिएको छ ।

राजनीतिक दलका नेताहरूबीच विवाद हुँदा सुर्खेतको दुई पालिकाका दुई मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । गुर्भाकोट नगर पालिका–११ स्थित सूर्य ज्योती आधारभूत विद्यालयको मतदान केन्द्र र सिम्ता गाउँपालिका–९ डाँडा खानीमा दलहरूबीच विवाद हुँदा मतदान स्थगित भएको थियो ।


ती मतदान केन्द्रमा अहिले कडा सुरक्षाका बीच मतदान भइरहेको प्रहरीले जनाएको छ ।
 


Author

थप समाचार
x