कर्णाली

कर्णालीमा मन्त्रालयको भागबण्डाको कुरा मिल्यो

इकागज |
माघ १०, २०७९ मंगलबार २०:२६ बजे

सुर्खेत- कर्णाली प्रदेशमा सत्ता साझेदारी दलबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डाको सहमति भएको हो । आज बसेको गठबन्धनको बैठकले कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा छलफल गरेको थियो । जसअनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति भएको छ ।


यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको छ । ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ ।

यसअघि ३/३ मन्त्रालय लिने सहमति भए पनि कुन मन्त्रालय कुन दलले लिने भन्ने बारेमा कुरा मिलेको थिएन ।


Author

थप समाचार
x