कर्णाली

कर्णाली प्रदेशसभा : पाँच वर्षे कार्यकालमा ५३ विधेयक प्रमाणीकरण

इकागज |
माघ २१, २०७९ शनिबार २०:२६ बजे

सुर्खेत- २१७ पटक बैठक बसेको कर्णाली प्रदेशसभामा पाँच वर्षे अवधिमा ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन् । त्यस्तै ६ वटा विधेयक विषयगत समितिमा छलफलका लागि पठाएको छ । ३ वटा विधेयक प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी र दुई वटा प्रक्रियामा रहेका छन् ।

कर्णाली प्रदेशसभाले जनसरोकारसँग सम्बन्धी निर्मित १३ वटा विधेयक र कर्णाली प्रदेश सरकार सञ्चालनसम्बन्धी ४० वटा विधेयक बनाएको छ। ८३ वटा विधेयक दर्ता भएका भएकोमा अध्यादेश ८ वटा, फिर्ता विधेयक ८ वटा र निष्क्रिय विधेयक ३ वटा रहेको छ । अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयक बाहेक खुद विधेयक ६४ वटा रहेको छ । 


४० जना माननीय सदस्यहरू प्रतिनिधित्व गर्ने गरेका छन् । जसमा २४ प्रत्यक्ष चुनावबाट र १६ जना समानुपातिक प्रतिनिधित्व  छ । प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसी प्रदेश सभाले २०७४ माघ २८ गते सभामुखमा राजबहादुर शाही र २०७४ फागुन ५ गते उपसभामुखमा पुष्पा घर्ती (विष्ट) लाई निर्वाचित गरेको थियो । पहिलोदेखि दशौं अधिवेशनसम्म पुग्दा ५ वर्षको अवधिमा २ सय ८४ घण्टा ५२ मिनेट ५९ सेकेण्ड सभा चलेको  प्रदेश सभा  अन्तिम बैठक २०७९ श्रावण १८ गते बसेको थियो । 

५ वटा दलहरूले प्रतिनिधित्व गर्छन् । २०७४ माघ २१ गते पहिलो प्रदेश सभा बसेको दिनलाई प्रदेश सभा स्थापना दिवसका रूपमा बनाउँदै आएको छ । यस अवसरमा पूर्व माननीय पदाधिकारी र सदस्यहरूलाई सम्मान कार्यक्रम समेत गरिएको प्रदेश सभा सचिवालयका सचिव जीवनराज बुढाथोकीले बताए ।

 कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, सभामुख नन्दा गुरुङ, उपसभामुख यशोदा न्यौपाने, प्रदेशका मन्त्रीहरू, माननीयहरू, पूर्व माननीयहरू, सचिवहरू तथा सुरक्षा निकायका प्रदेश प्रमुखहरू सहभागी रहेका थिए । न्युज कारखाना


Author

थप समाचार
x