कर्णाली

कर्णाली प्रदेश : मिल्याे भागबण्डा, कांग्रेस र माओवादीबाट कति-कति मन्त्री ?

बुधबारसम्ममा नयाँ मन्त्रीले शपथ लिने गरि प्रक्रिया बढ्याे अगाडि

लक्ष्मी भण्डारी |
बैशाख ४, २०८० सोमबार १८:१ बजे

प्रतिकात्मक तस्बिर

सुर्खेत । कर्णालीमा मन्त्रिपरिषद् विस्तार गर्ने विषयलाई लिएर नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सहमति भएको छ । कांग्रेसले तीन मन्त्रालय सम्हाल्ने गरि छलफल भएको कर्णाली सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।

तीनवटा मन्त्रालयको नेतृत्व गरेको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तीन मन्त्रालय कांग्रेसले सम्हाल्ने सहमति भएको हो । ‘हाल तीनवटा मन्त्रालय कांग्रेसले नेतृत्व गर्ने सहमति भएको छ’ जिसीले भने, ‘तर, कुन कुन् मन्त्रालयको नेतृत्व गर्ने भन्ने सहमति भने हुन बाँकी नै छ ।’ कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि मन्त्रीहरुको लिस्ट दिएपछि मन्त्रालय विस्तारको काम अघि बढ्ने जिसीले बताए ।


कांग्रेसले मन्त्रीहरुको नाम दिएपछि सम्भवतः मंगलबार या बुधबारसम्ममा शपथ लिने गरि अगाडि बढेको जिसीले बताए ।

अहिलेलाई वर्तमान मुख्यमन्त्री राजकुमार शर्मा नै कायम रहने र अढाई वर्षपछि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने गरी सहमति भएको छ । हाल नेकपा एमालेले नेतृत्व गरेको सामाजिक विकास मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्रीविहीन छ ।


Author

थप समाचार
x