कर्णाली

स्विट्जरल्यान्ड भ्रमणपछि कर्णालीका मुख्यमन्त्रीले भने - ‘कर्णालीमा मानव अधिकारको हनन गरिबीका कारण भएको छ’

इकागज |
भदौ २४, २०८० आइतबार १७:२४ बजे

सुर्खेत - कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले स्विट्जरल्यान्ड भ्रमणको क्रममा कर्णालीका गरिवी मानवअधिकारका विषयमा व्यापक रुपमा छलफल भएको जनाएका छन् । 

स्वीट्जरल्यान्डको जुरिचमा अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा सम्पन्न लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी भएर फर्किए पश्चात आज प्रदेश सभामा आफ्नो भ्रमणका बारेमा धारणा राख्दै उनले उक्त कार्यक्रममा त्यस्तो धारणा राखेको बताएका हुन ।


‘सबै प्रदेश भन्दा कर्णाली प्रदेश बहुआयमिक गरिबीको रेखामुनि रहेको पाइयो’ मुख्यमन्त्री शर्माले भने, भने, ‘कर्णालीमा मानव अधिकारको हनन गरिबीका कारण भएको छ । गरिबीको अन्त्यको लागि लड्ने राम्रो खजाना आवश्यक छ भनेर हामीले भन्यौं ।’

यस विषयमा उक्त संस्थाका प्रोफेसर राफेलसँग लामो छलफल भएको छ र त्यो छलफल सोचेभन्दा माथिबाट भएको छ । ‘भ्रमणमा सोचेभन्दा राम्रो छलफल भयो’ उनले भने, ‘स्विट्जरल्यान्ड भ्रमणका क्रममा भएको छलफल सोचेभन्दा राम्रो भयो ।’

उनले वैदेशिक लगानी सोझै प्रदेश सरकारले ल्याउन नसक्ने कुरा सबैलाई जानकारी भएको बताए । उनले उक्त सहायता संघीय सरकारसँग सहकार्य ल्याउनुपर्ने व्यवस्था भएका कारण यसबारेमा आवश्यक कदम चालिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको बताए । उनले कर्णालीमा बाढी पहिरोबाट भएको क्षतिको बारेमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । 
 


Author

थप समाचार
x