कर्णाली

बच्चा जन्मिएको २४ घण्टापछि सुत्केरीको मृत्यु

इकागज |
भदौ ३१, २०८० आइतबार २०:१ बजे

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी वर्ष ३० कि जानकी रेग्मी अधिकारीको आज 

शल्यक्रिया गरिसकेपछि अस्पतालमै मृत्यु भएको उनका ससुरा तिलक अधिकारीले जानकारी दिए ।


जानकी २९ गते अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमा भर्ना पश्चात उनले शुक्रबार नै प्रसूति वार्डमा छोरा जन्माएकी थिइन् । छोरालाई दूध समेत खुवाएकी थिइन्, सोही वार्डमा एक्कासी बेहोस भएकी उनलाई आइसियुमा राखियो । शनिबार उनलाई अस्पतालले मृत घोषणा गरेको छ

बच्चा जन्माएको २४ घण्टामा सुत्केरीको मृत्यु हुनु अस्पतालको लापरबाही प्रमुख कारण रहेको मृतकको परिवारको दावी छ । यता अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने घटनाको विषयमा समीक्षा हुन लागेको बताए । यद्यपि कारणबारे भने उनले आफूलाई जानकारी नरहेको बताए । समीक्षापछि मात्र घटनाबारे थाहा हुने उनको भनाइ छ ।


Author

थप समाचार
x