कर्णाली

तीन वर्षमा कर्णालीमा करिब ७९ किलोमिटर सडक कालोपत्रे

इकागज |
भदौ ३१, २०८० आइतबार २२:१३ बजे

सुर्खेत- तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिब ७९ किलोमिटर सडक कालोपत्र गरेको छ । तीन वर्षमा भएको सडक कालोपत्रको तथ्याङ्कलाई हेर्दा ७८ किलोमिटर ९५ मिटर सडक कालोपत्र भएको हो । आव २०७७/७८ मा ३३ दशमलव ०२ किलोमिटर, २०७८/७९ मा १५ दशमलव ९० किलोमिटर र २०७९/८० मा ३० दशमलव ०३ सडक कालोपत्रे भएको सूचना अधिकारी रमेश सुवेदीको भनाइ छ ।    
    
चालु आर्थिक वर्षमा मुगु, हुम्ला र डोल्पामा सडक कालोपत्र गरिएको छैन । सुर्खेतमा १५ दशमलव ९५ किलोमिटर सडक कालोपत्रे भएको छ । दैलेखमा पाँच दशमलव ९९ किलोमिटर सडक कालोपत्र गरेको मन्त्रालयले जनाएको छ । जुम्लामा दुई किलोमिटर, सल्यानमा दुई किलोमिटर, रुकुम पश्चिममा तीन किलोमिटर सडक कालोपत्रे गरिएको छ ।    
    
 त्यस्तै १० जिल्लामा मन्त्रालयले चार सय ३४ दशमलव ०१ किलोमिटर सडक ग्राभेल गरिएको जनाएको छ । त्यस्तै दुई हजार चार सय २४ दशमलव ११ किलोमिटर कच्ची सडक कटान गरिएको भन्दै सुवेदीले सडकको स्तरोन्नति र नाला निर्माणको कामसमेत भएको बताए ।



Author

थप समाचार
x