कर्णाली

हाजिर नगराएको भन्दै स्वास्थ्यकर्मीहरू विरोधमा

इकागज |
जेठ १५, २०७८ शनिबार १०:१९ बजे

हाजिर गराउन माग गर्दै नगरपालिका आएका स्वास्थ्यकर्मीहरू ।

खुर्खेत: स्थायी दरबन्दीका ४४ स्वास्थ्यकर्मीलाई वीरेन्द्रनगर नगरपालिकाले हाजिर नगराएको भन्दै भन्दै नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतले विरोध जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलान गरी पठाएका ४७ स्वास्थ्यकर्मीमध्ये नगरपालिकाले ३ जनालाई मात्रै काममा खटाएको र बाँकीलाई कुनै पनि जिम्मेवारी नदिएको नेपाल स्वास्थ्यकर्मी संघले जनाएको छ । 

संघले विज्ञप्ति निकालेर नगरपालिकाको यो कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष उदयबहादुर थापाले स्वास्थ्यकर्मीहरुको अधिकारको सम्मान गर्दै कामकाजमा खटाउन नगरपालिकालाई आग्रह  गरेका छन् । 


४७ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयको गत चैत २६ गते मन्त्री स्तर  र चैत ३१ गतेको सचिव स्तरको निर्णय अनुसार समायोजन मिलान गरि सुर्खेत पठाइएको थियो । स्वास्थ्य मन्त्रालयले लिखित रूपमा पटक पटक हाजिर गराई नियमित कामकाजमा खटाउन निर्देशन दिएको  भए पनि अहिलेसम्म हाजिर गर्न नपाएको अध्यक्ष थापाले बताए । त्यसैगरी स्वास्थ्यकर्मीहरूले वैशाख २२ गते नियमित हाजिर गराई जिम्मेवारी तोकी पाउँ भनि संयुक्त निवेदन दर्ता गराउँदासमेत स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाएको उनको भनाइ थियो । कोरोना महामारीको समयमासमेत स्वास्थ्यकर्मीलाई कामविहीन बनाउनु जनस्वास्थ्यमाथि खेलबाड गर्नु रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।  संघले स्वास्थ्यकर्मीलाई काममा लगाउन स्वास्थ्य मन्त्रालय र नगरपालिकासँग माग माग गरेको छन् ।

यता विरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले नगरपालिकाको दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी भएकाले हाजिर गराउन समस्या भएको जनाएको छ । ‘हामीकहाँ दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मीहरू आउनुभएको छ उहाँहरूलाई नगरपालिकाले नै तलव खुवाउन सक्दैन’ ढकालले भने, ‘यहाँ आएका स्वास्थ्यकर्मीलाई संघले तलब खुवाउनको लागि मन्त्रालयमा अनुरोध पठाएका छौ ।’ संघबाटै तलब खुवाएपछि स्वास्थ्यकर्मीहरुलाई यहाँ हाजिर गराइने ढकालले बताए ।


Author

थप समाचार
x