कर्णाली

घाइतेहरूको उपचारका लागि प्रदेश अस्पतालमा मेडिकल क्याम्प

इकागज |
कात्तिक १८, २०८० शनिबार १३:१० बजे

सुर्खेत- कर्णाली प्रदेश अस्पताल कालागाउँमा सहायता प्रदान गर्न नेपाली सेनाको सुर्खेतस्थित कालीबहादुर गणले प्रदेश अस्पताल सुर्खेतमा मेडिकल क्याम्प खडा गरेको छ ।

भूकम्पमा परि घाइते भएकाहरूको चाप बढ्ने देखिएपछि मेडिकल क्याम्प खडा गरिएको कालीबहादुर गणका प्रमुख सेनानी  शैलेन्द्र सिलवालले बताए ।


सिलवालका अनुसार अनुसार अस्पतालमा आउने घाइतेहरूको चापलाई मध्यनजर गर्दै अस्पतालसँगको समन्वयमा मेडिकल क्याम्प खडा गरिएको  हो । 

जाजरकोटमा केन्द्रविन्दु भएर आएको भुकम्पमा परि हालसम्म एक सय ३२ जनाले ज्यान गुमाएका छन् भने  सयौको संख्यामा घाइते भएका छन् । घाइतेहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । घाइतेको चाप बढेको खण्डमा मेडिकल क्याम्पबाट सेवा दिइने प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बरबहादुर खड्काले बताए । उनका अनुसार प्रदेश अस्पताल हाल २९९ शय्याको छ ।

अस्पतालमा औषधी र चिकित्सकको अभाव नरहेको निर्देशक खड्काको भनाइ छ ।


Author

थप समाचार
x