कर्णाली

राउटे महामुखियाको महिनबहादुर शाहीको निधन

इकागज |
कात्तिक १९, २०८० आइतबार १२:४१ बजे

सुर्खेत  - फिरन्ते जिवन बिताउँदै आएका राउटे समूदायका पूर्व महामुखिया महिनबहादुर शाहीको निधन भएको छ । आज बिहान तीन बजे उनको निधन भएको सामाजिक अभियान्ता हिरासिङ थापाले जानकारी दिए । 

उनी लामो समयदेखि बिरामी हुँदै आएको भएपनि उपचार गर्न नमानेको थापाले बताए । उनका अनुसार महामुखिया शाही मानसिक समस्यामा थिए । ‘उनका १२ वटा छोराछोरी जन्मिएका सबै मरे, एउटा मात्र बाँकी थियो उ पनि गएको वर्ष बितेपछि राउटेका महामुखिया बढी तनावमा थिए’ उनले भने, ‘यही तनावै तनावमा रहेका उनी केही दिनयता रामी समेत थिए तर, उपचार गर्न मानिरहेका थिएनन् ।’ 


दैलेखको भैरवी गाउँपालिकामा बस्दै आएका राउटे समुदायको संख्या अब एक सय ४१ रहेको छ ।
 


Author

थप समाचार
x