कर्णाली

पश्चिम रुकुमका साढे तीन हजार परिवारलाई राहत

इकागज |
कात्तिक २२, २०८० बुधबार १३:५० बजे

सुर्खेत- रुकुम पश्चिमका साढे तीन हजार बढी परिवारहरूलाई राहत वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सात सय २० घरका तीन हजार सात सय ५२ परिवारलाई राहत वितरण गरिएको हो ।

सानोभेरी गाउँपालिकाको वडा नम्बर दुई का एक सय ३३ घरका सात सय २८ परिवारलाई त्रिपाल, म्याट्रेस र कम्बल वितरण गरिएको छ । यस्तै चौरजहारी नगरपालिकाका वडा नम्बर १०, १२ र १४ मा दुई सय ८८ घरका एक हजार पाँच सय ११ परिवारलाई चामल, दाल, चिउरा, साबुन ब्लयाङ्केट वितरण गरिएको छ ।


प्रहरीका अनुसार मुसिकोट नगरपालिकाको १३ र १४ नम्बर वडामा पनि राहत वितरण गरिएको छ । यहाँका ९४ घरका ४८४ परिवारलाई चामल, दाल, चिउरा, साबुन र ब्ल्याङ्केट वितरण गरिएको छ । यस्तै आठबिसकोट नगरपालिकाका ९, १०, ११, १३ र १४ मा पनि एक सय ५५ घरका सात सय ४४ परिवारलाई चामल, दाल, नुन, तेल, त्रिपाल, म्याट्रेस र कम्बल वितरण गरिएको छ ।

यस्तै त्रिवेणी गाउँपालिकाको ९ नम्बर वडाका दुई सय ८५ परिवारलाई त्रिपाल वितरण गरिएको छ । गएको शुक्रवारको भूकम्पका कारण रुकुम पश्चिम र जाजरकोटमा जनधनको क्षति भएको छ ।


Author

थप समाचार
x