कर्णाली

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते

इकागज |
मंसिर ४, २०८० सोमबार १२:९ बजे

सांकेतिक तस्बिर

सुर्खेत- रुकुम पश्चिममा आज बिहान जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ८ गोइरीज्युलाको कालेगाउँ पुलनजिक यात्रुबाहक जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।

लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईले जानकारी दिए ।


घाइतेहरूको  उपचारका लागि चौरजहारी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । जीप तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x