कर्णाली

कर्णालीमा सुशासन सम्मेलन

लक्ष्मी भण्डारी |
मंसिर १४, २०७७ आइतबार १२:४४ बजे

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबारदेखि सुशासन सम्मेलन सुरु भएको छ । प्रदेशका विभिन्न जिल्लाका अभियन्ताहरूको सहभागितामा प्रदेश तथा स्थानीय सुशासन सम्मेलन सुरु भएकाे हो । युरोपियन युनियनको सहयोगमा सहकर्मी समाजले उक्त कार्यक्रमको आयोजना गरेको छ । 

चार दिनसम्म चल्ने कार्यक्रममा स्थानीय तहहरुबीचका सिकाइ आदानप्रदान गर्नुका साथै प्रदेश सुशासन सञ्जाल गठन गरिनेछ । त्यसैगरी कर्णाली प्रदेशसभाका सांसदहरुबीच छलफल गराइने कार्यक्रम रहेको ‘सुशासनमा नागरिक सहभागिता कार्यक्रम’ का संयोजक हरि उपाध्यायले जानकारी दिए । 


गठन भएको प्रदेश स्तरीय संजालले यस क्षेत्रको सुशासनको प्रवर्दन विषयमा काम गर्ने उपाध्यायले जानकारी दिए ।  सुशासन जवाफदेहीता र पारदर्शिताका माध्यमबाट नागरिक र स्थानीय सरकारको सहभागितामुलक र उनीहरुको सम्बन्धलाई सुमधुर गर्नको लागि कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुले सुशासनलाई बलियो बनाउनको लागि सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताए । सुशासन बलियो बनाउन  नागरिक बलियो हुनुपर्नेमा उनले जोड दिए । कर्णालीमा पृथक खालको ऐन ल्याउन लागिएको उनले बताए । 

कार्यक्रममा सहकर्मी समाजका अध्यक्ष रत्न गाहमगरले कार्यक्रमले सुशासनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरी निष्कर्ष निकालिने बताए । सुशासनलाई बलियो बनाउन कानुनमा भएका प्रावधानहरू कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा कालिकोट, जाजरकोट, सल्यान र सुर्खेतका विभिन्न संघ संस्था तथा संजालका प्रतिनिधिहरुको सहभागिता रहेको छ । 

आइतबारदेखि सुरु भएको प्रदेश तथा स्थानीय सुशासन सम्मेलन २०७७ कार्यक्रममा बोल्दै कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारु ।


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x