कर्णाली

सुर्खेतमा लागुऔषध मुद्दामा तीन सयलाई कारबाही

लक्ष्मी भण्डारी |
मंसिर १५, २०७७ सोमबार १५:५६ बजे

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुपदार्थ ओसारपसार मुद्दामा तीन वर्षमा झण्डै तीन सय जनालाई पक्राउ गरि कारबाही अघि बढाएको जनाएको छ । लागुऔषध  नियन्त्रण ऐन बमोजिम उनीहरूलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याइएको प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । लागुऔषध कारोबार र ओसारपसार मुद्दामा वर्षेनी पक्राउ पर्नेको संख्या बढिरहेको उनले बताए । 

रायमाझीका अनुसार लागुऔषध मुद्दामा प्रहरीले तीन वर्षमा एक सय ७४ मुद्दामा दुई सय ९७ जनालाई पक्राउ गरेको छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ३५ वटा मुद्दामा ५६ जना, २०७५/०७६ मा ७४ वटा मुद्दामा एक सय २९ जना र २०७६/०७७ मा ५४ वटा मुद्दामा ८९ जना पक्राउ परेका उल्लेख छ । चालु आर्थिक वर्षको चार महिनामा ११ मुद्दामा २३ जना पक्राउ परेका छन् । 


पक्राउ परेकाहरूबाट दुई सय ५३ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरी निरिक्षक रायमाझीले बताए । ‘१८ वर्ष मुनिका बालवालिकाहरू पनि लागुऔषधको दलदलमा फसेका छन्’ उनले भने, ‘उनीहरूलाई आफुले गरेको गल्तीको कुनै महसूस नै गरेका छैनन् ।’ 
 


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x