कर्णाली

इन्टरनेटको समस्याले हुम्लाका बैंकलाई भुक्तानी दिन समस्या

इकागज |
साउन १५, २०७८ शुक्रबार ६:२७ बजे

फाइल फोटो

हुम्ला : सामाजिक सुरक्षा भत्ताको भुक्तानी दिने जिम्मा पाएको हुम्लाको सांग्रिला विकास बैंकलाई भुक्तानी दिन सास्ती भएको छ । बैंकमा जडान गरिएका टेलिकमको एडिएसएल र वल्र्ड लिंकको इन्टरनेट सेवाले काम नगर्दा भुक्तानी दिन समस्या भएको हो ।

असार २० गते अगाडि सिमकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको साँग्रीला बैंकमा रहेको खातामा निकासा दिएको भएपनि हालसम्म भत्ता निकाल्न नपाएको गुनासो गरेका छन् ।


हातैमा दिएको भए यतिबेलै पाउने बताउँदै सेवाग्राही जानकी शाहीले बैंकिङ प्रर्णालीबाट हाल्ने प्रकिृयाको कारण हालसम्म नपाएको बताइन् । उनी मात्र होइन सिमकोट गाउँगालिकाका अधिकांश  सेवाग्राहीले आफ्नो सामाजिक सुरक्षाको पाउन सकेका छैनन् ।
 
सो बैंकका प्रवन्धक चन्द्रप्रसाद लम्सालले बैंकमा जडान गरेका टेलिकमको एडिएसएल र वर्डलिंकको इन्टरनेट सेवाले काम नगर्दा सामाजिक सुरक्षाको भत्ता लिने सेवाग्राहीलाई दिन कठिन भएको बताए ।

हाल बैंकलाई कति खेर नेट आउँला र कारोबार गर्न सकिन्छ भन्ने मात्रै  हुने गरेको उनले बताए । सिमकोट गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मका सेवाग्राहीलाई पहिलो किस्ता दिन सकिएको भएपनि बाँकी ७ र ८ नम्वर वडा र अरुको दोस्रो र तेस्रो किस्ताको रकम दिन नसकिएको बैंकले जनाएको छ ।
 
सिमकोट गाउँपालिकामा सबै खाले सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको संख्या तीन हजार चार सय भन्दा बढी रहेको छ । सिमकोट गाउँपालिकाले पहिलो पटक बैंक खाताबाट सो भत्ता दिने व्यवस्था गरेको हो ।  
 


Author

थप समाचार
x