कर्णाली

९ दिनअघि मृत शिशुको जन्म, आज आमाको मृत्यु

लक्ष्मी भण्डारी |
साउन १७, २०७८ आइतबार १९:३७ बजे

आर्थिक अवस्था कमजोर भएका कारण मृतकका परिवारलाई सहयोग गर्दै स्थानीय किरण वलीसहित स्थानीय ।

सुर्खेत - सुर्खेतको गुर्भाकोटमा २१ वर्षीया एक सुत्केरीको ज्यान गएको छ । गुर्भाकोट नगरपालिका–४ की विनिता विकको प्रसूतिसम्बन्धी जटिलताका कारण शनिबार ज्यान गएको हो । सुत्केरी बेथा लागेपछि विनिताको परिवारले स्वास्थ्यचौकी लगेको थियो ।

त्यहाँबाट उनलाई कर्णाली प्रदेश अस्पताल रेफर गरियो । प्रदेश अस्पतालमा उनले मृत बच्चालाई जन्म दिइन् । बच्चा जन्मिएको नौ दिनपछि विनिताको पनि ज्यान गएको गुर्भाकोटका स्थानीय किरण वलीले जानकारी दिए । 


विनिताको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण वलीले समन्वय गरेर आर्थिक सहयोग जुटाएका छन् । ‘मृतकपरिवारको आर्थिक अवस्था दयनीय भएका कारण हामीले सहयोगका लागि गाउँमा आर्थिक संकलन गरिदिएका छौँ,’ उनले भने, ‘परिवारमा दाहसंस्कार र अन्य कर्म गर्नको लागि समेत समस्या भएकाले आर्थिक संकलन गरी परिवारलाई बुझाएका ्छौँ । ‘आज १२ हजार रुपैयाँ बुझाएका छौ ।’ आर्थिक अवस्था कमजोर भएका कारण मृतकका परिवारलाई सहयोग गर्दै स्थानीय किरण वलीसहित स्थानीय । 
 


Author

थप समाचार
x