कर्णाली

कर्णाली योजना आयोगका सदस्यले दिए राजीनामा

इकागज |
असोज ४, २०७८ सोमबार १७:२८ बजे

सुर्खेत - कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष आज दिउँसो राजीनामा बुझाएका हुन् । झण्डै तीन वर्षअघि आयोगको सदस्यमा नियुक्ति भएका शाहीले सोमबार राजीनामा बुझाएका छन् ।  

राजनीतिक अन्यौलता, उतार चढावप्रति वितृष्णा जागेकाले राजीनामा बुझाएको उनले बताए । ‘मैले उहाँहरूलाई पहिला पनि नराख्नुहोस भनेको थिएँ तर, राखिहाल्नुभयो’ उनले भने, ‘आफ्नो प्रदेश भएकाले पनि काम गरौ भन्ने भयो । अब तीन वर्ष पनि पुग्न लाग्यो नेतृत्व गरेको’
‘म नेकपाको तर्फबाट भएको हो अहिले छोडे’  इकागजसँग कुरा गर्दै उनले भने, ‘अहिले एमाले, माओवादी अलग भयो । यो  राजीनतिक गञ्जागोल भएको छ जति कुरा गरेपनि यो भनेको नेताहरूले पदका लागि गरेका हुन् ।’ प्रदेशका नीति तथा योजना निर्माणका कार्यमा स्वयम्सेवी रूपमा योगदान गर्न सधैँ तत्पर रहेको उनले बताएका छन् ।



Author

थप समाचार
x