सुदूरपश्चिम

सुदूरपश्चिमका भौतिक राज्यमन्त्री कुलवीरलाई पदबाट हटाइयो

इकागज |
भदौ १५, २०७९ बुधबार १४:३४ बजे

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको  छ । 

चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरीत काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेको स्रोतको दाबी छ ।  


उनलाई मन्त्री पदबाट हटाउनुको कारण भने खुलाइएको छैन । ।


Author

थप समाचार
x