सुदूरपश्चिम

जबरजस्ती करणीको आरोप लागेपछि वडाध्यक्ष फरार

इकागज |
फागुन १०, २०७९ बुधबार ९:२३ बजे

दार्चुला- जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भए पछि दार्चुलाका एक वडाध्यक्ष फरार भएका छन् ।

जर्बजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिह धामी फरार भएका हुन् ।


फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राती घरमा गएर जर्वजस्ती गरेको भन्दै गत शुक्रवार पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन । सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा धामी फरार भएका हुन् ।

फरार धामीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x