सुदूरपश्चिम

अपडेट

बैतडी जीप दुर्घटना : मृतक ६ जना एक गाउँका

इकागज |
चैत २९, २०७९ बुधबार ७:४३ बजे

कैलाली- मंगलबार राति बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको  छ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।


जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका-८ झौलेक मोडमा मंगलबार राति करिब ११:२५ बजे जिप दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । 

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक सबै सबै एकै गाउँका रहेका छन् ।

जीपमा सवार पाँचजना भने सकुशल छन्। जिप अनियंत्रित भै सडकबाट तल खस्ने क्रममा सडकमै हामफालेका पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक भने सम्पर्कविहीन छन् ।​


Author

थप समाचार
x