सुदूरपश्चिम

चुरे फेदीको अतिक्रमित वन क्षेत्र खाली गराइयो

इकागज |
जेठ ७, २०८० आइतबार ८:९ बजे

कैलाली- पहिरो पीडितका नाममा अतिक्रमण गरिएको कैलालीको चुरे फेदीको अतिक्रमित वन क्षेत्र खाली गराइएको छ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले चुरे गाउँपालिका- ४ को टाँकगडा र पैनेरुवाको अतिक्रमित वन क्षेत्र खाली गराइएको बताए ।


डिभिजन वन कार्यालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन अतिक्रमण नियन्त्रण दस्ता लगायतको संयुक्त टोलीले एक सय पाँच हेक्टर वन क्षेत्र खाली गराइएको डिभिजन प्रमुख पराजुलीले बताए ।

 

टोलिले टाँकगडाका १३५ वटा टहरा र पैनेरुवामा ३५० टहरा भत्काइएको छ। उक्त क्षेत्रका ५८ र ४७ हेक्टर अतिक्रमण गरिएको वन खाली गराएको हो ।

चुरे फेदीको टाँकगडा र पैनेरुवामा पहिरो पीडितका नाममा वन अतिक्रमण गरिएको थियो । राजनीतिक शक्तिको आडमा उनीहरू वन क्षेत्र अतिक्रमण गरेर बस्दै आएका थिए।


Author

थप समाचार
x