सुदूरपश्चिम

कैलाली र कञ्चनपुरमा भन्सार छलीका लाखौंका सामान बरामद

इकागज |
असोज १४, २०८० आइतबार १२:१७ बजे

कैलाली । प्रहरीले कैलाली र कञ्चनपुरमा भन्सार छलीका लाखौंका सामान बरामद गरेको जनाएको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका–३ बडाहराबाट अन्दाजी १९ हजार ७ सय मूल्य बराबरको चिनी, सोडा, मिठाई, चकलेट लगायतका सामानहरु शनिबार साँझ प्रहरीले बरामद गरेको छ। 


त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० बिद्युत कार्यालय अगाडिबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको कपडा, ब्लुटुथ स्पिकर, प्लाष्टिकको कुर्ची लगायतका सामान र गड्डाचौकीबाट अन्दाजी १० लाख ६७ हजार मूल्य बराबरको कोट पाईन्टको कपडा, सर्टको कपडा, ट्रेक सुट, जिन्स पाईन्ट, लेडिज सुट, मोबाइल कभर, चप्पल लगायतका सामान शनिवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यसरी नियन्त्रणमा लिइएक भन्सार छलिका सामानहरुलाई प्रहरी आज भन्सार कार्यालय बुझाएका छन् । 

पछिल्लो समय प्रहरी सकृयता बढेसँगै भारतबाट भन्सार छलिगरी अबैधरुपमा नेपाल भित्र्याउने समानहरु प्रहरीले धमाधम नियन्त्रणमा लिइरहेको छ ।


Author

थप समाचार
x