सुदूरपश्चिम

सुदूरपश्चिममा लगातार भूकम्प : घरबाहिरै बास, आकासमुनि उपचार

इकागज |
असोज १७, २०८० बुधबार ७:५४ बजे

कैलाली । मंगलबार दिउँसो आएको भूकम्पपछि बझाङमा लगातार भुकम्पको झट्का आउन थालेपछि स्थानीय त्रसित भएका छन् । बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पुन: ५.७ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । 

भूकम्प जाने क्रम नरोकिएपछि स्थानीयहरु खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन् । 


बाल विकास मावि बझाङका शिक्षक नरेन्द्र उपाध्यायले बेलाबेला भूकम्पको झट्का आउने क्रम नरोकिएका कारण आफूहरु समेत खुला आकाशमुनि रात बिताउन बाध्य भएको बताए । 

बझाङलाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण घाइते भई जिल्ला अस्पताल बुझाङ पुगेकाहरु समेत खुला आकाशमुनि उपचाररत रहेको चिकित्सकले जानकारी दिएका छन ।

जिल्ला अस्पताल बझाङका डाक्टर इन्द्र शाहका अनुसार अस्पतालमा उपचाररत अन्य बिरामी समेत भूकम्प आउने क्रम नरोकिएपछि खुला आकाशमुनि बसेका छन् । उनले बिरामीहरु भित्र बस्न नमानेपछि बाहिरै उपचार गरिरहेको बताए ।


Author

थप समाचार
x