सुदूरपश्चिम

बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

नवराज पनेरु |
मंसिर ९, २०७७ मंगलबार १५:८ बजे

धनगढी : बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । आज दिउँसो झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक मोहन साउदले बताए ।

ज्यान गुमाउनेमा जिल्लाको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० वर्षीया पार्वतीदेवी चन्द,सोही ठाउँका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावड रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।


जीपमा चालकसहित ११ जना यात्रु सवार रहेको र ६ जना घाइते भएको उनले बताए । घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x