सुदूरपश्चिम

धनगढी–दिपायल द्रूतमार्ग धमाधम कालोपत्रे हुँदै

इकागज |
चैत २२, २०८० बिहीबार १०:२० बजे

गोदावरी (कैलाली)- धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रूतमार्ग कालोपत्रे गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्रे गर्न थालिएको हो ।

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रेको  काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्रे सम्पन्न हुने गरी धमाधम काम भइरहेको उनले जानकारी दिए ।


धनगढी–स्याउले सडकखण्डको १३ दशमलव ४ र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रेका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो ।

हाल डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रेको काम पूरा भएको छ ।  धनगढी–स्याउले सडक खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३ दशमलव ४ किलोमिटरमा कालोपत्रे गर्न भ्याटबाहेक रु १६ करोड ४० लाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताए । 


Author

थप समाचार
x