सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

इकागज |
चैत २२, २०८० बिहीबार १०:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् । आज विश्वासको मत लिने प्रस्तावमाथि दिउँसो ३ बजेदेखि शुरु हुने प्रदेस सभाको बैठकमा मतदान हुनेछ ।

५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले विश्वासको मत पाउने नपाउने स्पष्ट रहेको छैन ।


प्रदेशमा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक रहेका छन् ।

अहिले मुख्यमन्त्रीलाई कांग्रेसबाहेक अन्य दलको स्पष्ट समर्थन प्राप्त रहेको छैन । नाउपाका ५ सांसद पक्षमा छन् भने २ विपक्षमा रहेका छन् । उनलाई विश्वासको मत प्राप्त गर्न आवश्यक २७ मत आवश्यक पर्दछ । 


Author

थप समाचार
x