सुदूरपश्चिम

वडा कार्यालयको शिलालेखमा नाम नराखेको भन्दै उपमेयरले ढुंगा हानेपछि...

नवराज पनेरु |
कात्तिक २, २०७७ आइतबार ८:१३ बजे

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा शनिबार बिहान वडा नम्बर ५, ७ र १२ का वडा कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम थियो । मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को भवन उद्घाटन गरेलगत्तै उपमेयर प्रेमकुमारी थापाले शिलालेखमा आफ्नो नाम नराखेको भन्दै शिलालेखमा ढुंगा प्रहार गरेकी छिन् ।

मेयर चौधरीले ‘मर्यादाको पनि हद हुन्छ नि’ भन्दै ढुंगा प्रहार नगर्न आग्रह गरेपनि उपमेयर थापाले भने ‘कसरी मर्यादा’ भन्दै ढुंगा प्रहार गरेकी थिईन् । मेयर, वडा अध्यक्ष र सदस्यको नाम भए पनि आफ्नो नाम छुटाएकोले विरोध जनाएको उपमेयर थापाले बताइन् ।


वडा नम्बर ७ का वडा सदस्य देवचरण चौधरीका अनुसार शिलालेखको विषयलाई लिएर हात हालाहालको अवस्था सिर्जना भएपनि उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।


Author

थप समाचार
x