सुदूरपश्चिम

धनगढीका लागि सुख्खड पुगिसकेको जहाज जब नेपालगञ्ज फर्कियो...

इकागज |
भदौ २९, २०७८ मंगलबार २१:२९ बजे

फाइल फोटो

कैलाली : काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज प्रतिकुल मौसमका कारण नेपालगञ्जमा अवतरण गरेको छ । मौसम खराब भएका कारण धनगढी विमानस्थलमा अवतरण हुन नसकेको जहाजले नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।

मौसम सुधार हुने आशामा जहाजले घोडाघोडी नगरपालिकाको आकाशमाथि झण्डै आधा घण्टा फन्को लगाएको थियो । तर मौसम नसुध्रिएपछि विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।


मौसमकै कारण साँझ पाँच बजेर ५ मिनेटमा काठमाडौँबाट उड्नु पर्ने जहाज झण्डै ६ बजे उडेको थियो । सवा सात बजे सुख्खडको आकाशमा पुगेको जहाज धनगढी विमानस्थलमा अवतरण गर्न सक्ने अवस्था नभएपछि फर्केर नेपालगञ्ज गएको बुद्ध एयर धनगढीका ईञ्चार्ज बुधराम माझीले बताए । मौसम खराब हुँदा केही समय आकाशमै होल्ड हुनु परेपछि केही यात्रु आत्तिएका थिए ।  

मौसममा सुधार भएपछि नेपालगञ्ज विमानस्थलमा इन्धन भरेर केहीबेरअघि जहाज धनगढी विमानस्थलमा अवतरण गरेको छ । 


Author

थप समाचार
x