सुदूरपश्चिम

जिप दुर्घटनामा नौ घाइते

इकागज |
असोज ४, २०७८ सोमबार १२:४६ बजे

बैतडी- जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज  दुर्घटना भएको हो । 

घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका-३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका-५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिँह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका-७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका-२ का जयबहादुर बोहरा छन् । चालक चन्दको अवस्था गम्भीर रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए । 


घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिपको ब्रेक फेल भएर सडकमै पल्टिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । रासस


Author

थप समाचार
x