सुदूरपश्चिम

भारतीयलाई नागरिकता दिलाएको ओरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

नवराज पनेरु |
कात्तिक १४, २०७७ शुक्रबार १०:३७ बजे

धनगढी : भारतीयलाई नागरिकता दिलाउन सिफारिस गरेको ओरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-१२ का अध्यक्ष गणेशप्रशाद जोशी, नक्कली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी, दाजु भाउजु बनेर नागरिकता दिलाउन सहयोग गर्ने वडा नम्वर १२ कै खुशिराम चौधरी र गीता चौधरीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले २०७५ साल फागुन २० गते वडाध्यक्ष जोशीले बंशजको आधारमा अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेका थिए । बुवा बनेर नागरिकता दिलाउन सहयोग गर्ने धनगढी उपमहानगरपालिका-१२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने फरार रहेको विष्टले जानकारी दिए ।


भारतीय नागरिक अन्सारी अहिले कैलालीकै टीकापुर नगरपालिका-७ मा बस्दै आएका छन् । प्रहरी नायव उपरिक्षक विष्टका अनुसार पक्राउ परेका चार जनामाथि नागरिकता ऐन अनुसार कारवाही हुनेछ । उक्त ऐनमा विदेशीले नेपाली नागरिक भएको झुठो दावी गरि नागरिकता प्राप्त गरेमा एक वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाखसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेका छ । उक्त नागरिकताका लागि सिफारिस र सनाखत गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन महिनासम्म कैद वा २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । 
 


Author

थप समाचार
x