सूचना-प्रवधि

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकाका नग्न तस्बिर पठाउन प्रतिबन्ध लगाइने

इकागज |
माघ १४, २०८० आइतबार १०:३४ बजे

फाइल तस्बिर

काठमाडौँ - सामाजिक सञ्जाल फेसबुकको स्वामित्वमा रहेको कम्पनी मेटाले चाँडै नै बालबालिकालाई नग्न तस्बिरहरू प्राप्त गर्न वा पठाउनबाट रोक्ने सुरक्षा उपकरण ल्याउन लागेको जनाएको छ । 

यो उपकरण वैकल्पिक हुन सक्छ र इन्स्टाग्राम र फेसबुकमा वयस्कहरूको लागि पनि उपलब्ध हुन सक्छ। मेटाले पूर्वनिर्धारित रूपमा एन्क्रिप्टेड मेसेन्जर राखेको थियो। त्यसपछि उसले सरकार र प्रहरीको चर्को आलोचनाको सामना गर्नु परेको थियो ।


इन्क्रिप्सनका कारण कम्पनीले बाल दुर्व्यवहारका घटना पत्ता लगाउन नसक्ने उसको भनाइ छ ।

मेटाका अनुसार कम्पनीको यो फिचर १३ वर्ष मुनिका महिला र बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन ल्याइएको हो ।


Author

थप समाचार
x